नेप्से परिसुचक ६ प्रतिशतले घटेसंगै आजलाई कारोबार बन्द

३ बर्ष अगाडि

काठमाडौं – मंगलबार र बुधबार तेस्रो सकरात्मक सर्किट लागेर बन्द भएको शेयर बजार आज भने तेस्रो पटकसम्म नकरातमक सर्किट लागेर कारोबार  भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ६ प्रतिशतले घटेपछि आजका लागि कारोबार बन्द गरिएको हो । ११ बजेदेखि खुलेको शेयर कारबोरबार ३ बजेसम्म खुल्ला हुन्छ । तर, अस्वभाविक रुपमा परिसुचक घटेपछि कारोबार बन्द गरिएको हो । 

आज कारोबार खुलेको २३ मिनेटमा पहिलो सर्किट लागेपछि २० मिनेट कारोबार बन्द गरियो । त्यसपति ११ः४७ मा दोस्रो सर्किट लागेपछि ४० मिनेट कारोबार स्थगन गरियो । त्यसपछि १२ः२७ मा खुलेको कारोबारमा नेप्से परिसुचक १२ः४० सम्म पुग्दा ६ प्रतिशतले घटेपछि आजलाई कारोबार बन्द गरिएको हो । 
आज १३४४.७८ विन्दुबाट नेप्से कारोबार सुरु भएको थियो । आज त्यो ८०.४१ अंकले घटेर १२५६.११ विन्दुनमा झरेको छ । 
नेप्सेकाअनुसार आज ४७ करोड ६६ लाखको कारोबार भएको छ । आज १४२ कम्पनीको १० लाख ६१ हजार ८९० कित्ता शेयरको ८ हजार ४०९ पटक कारोबार भएको नेप्सेको भनाइ छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया