काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ३.०६ अंकले उकालो लागेको छ ।
कारोबार अन्तिम समय ३ बजेसम्म आइपुग्दा ०.२३ प्रतिशतले बढेर १३२६.३७ को बिन्दुबाट सुरु भएको कारोबार १३२९.५९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्ये ३ उपसमुह घटेका छन् ।
अन्तिम समयसम्म कारोबार आएका १७८ कम्पनीको २१ लाख ९३ हजार कित्ता शेयर १४ हजार ४ सय ९५ पटक खरिद विक्री हुदाँ ८९ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया