साधना लघुवित्तको आज आईपीओ बाँडफाँट हुने

३ बर्ष अगाडि

काठमाडौं – साधना लघुवित्त वित्तिय संस्थाको आईपीओ आज (सोमबार) बाँडफाँग गर्ने तयारी गरिएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटले आज साँझ ५ बजे उक्त लघुवित्तको आईपीओ बाँटफाट गर्न लागेको हो । 

उक्त लघुवित्तको आईपीओको प्रि अलोटमेन्ट आइतबार नै गरिएको थियो । त्यसपछि आज नै आईपीओ बाँडफाट गर्न लागिएको हो । क्यापिटलको जमल स्थित कार्यालयमा बाँडफाँट कार्यक्रम तय गरिएको छ । 

लघुवित्तले गत असार २१ गतेदेखि २४ गतेसम्म ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्काशन गरेको थियो ।

कुल आईपीओ मध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि  लागि छुट्याएको छ ।

यस्तै ५ प्रतिशत अर्थात्  ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सेयरमा सर्वसाधारणले पाउनेछन् । 
प्रति आवेदक १० कित्ता आईपीओ पाउने प्रावधान छ, जसअनुसार साढे ४ लाख भन्द्या बढी आवेदक मध्ये ६६ हजार १५२ जनाले मात्र यस लघुवित्तको शेयर पाउने छन् । अन्य आवेदन भने खाली हात नै हुनेछन् । 
यो आईपीओ बाँडफाड भएपछि लघुवित्तको हालको चुक्तापुँजी बढेर रू.१४ करोड ७७ लाखबाट बढेर रू. २१ करोड ७७ लाख पुग्नेछ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया