प्रधानमन्त्री ओलीलाई हटाएर, प्रचण्ड–माधवलाई ल्याउन खोज्नु दुर्भाग्य – गजुरेल

३ बर्ष अगाडि

काठमाडौं, । नेकपा (क्रान्तीकारी माओवादी)का नेता सिपी गजुरेललेले देशमा देखा परेका समस्या समाधानको बाटो प्रधानमन्त्रीको राजिनामा नभएको बताएका छन् ।
 
आज  मंगलबार सम्बाद क्लव नेपालले काठमाडौंमा गरेको अन्तरसम्बाद कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले राजिनामा गरेर समस्याको हल नहुने बताए । 

नेता गजुरेलले प्रधानमन्त्री ओलीलाई राजिनामा गराएर हिजो सत्ताको नेतृत्व गरेका पात्र प्रचण्ड, माधव, र शेरबहादुरलाई सत्तामा ल्याउन खोज्नु समस्याको बाटो नभएर झन दुर्घटनाको बाटो  हुने बताए ।

अहिलेको संकट ल्याउनमा प्रधानमन्त्रीको दोष नभएको समेत गजुरेलले बताए । अव राज्य संचालन गर्ने पात्र फेर्ने भन्दा पनि राज्यको अर्को नयाँ व्यवस्थाको लागि आन्दोलनको जरुरी रहेको उनको भनाई छ ।

हामीले जनयूद्घ अहिलेको व्यवस्थाको लागि नभएर जनगणतन्त्रको लागि गरेको भन्दै अहिलेको राज्य व्यवस्था र विगतको राज्य व्यवस्थामा कुनै फरक नभएको नेता गजुरेलको भनाई छ ।

नेकपालाई जनताले दुई तिहाईको बहुमत दिएर जिताए पनि जनताको पक्षमा कुनै राम्रो काम गर्न नसकेको बताए । एमसीसी पास गरेर अमेरिकन सेना नेपाल आउन दिएर चीन संग लडन नेपाली भूमी दिने खेल भईरहेको नेता गजुरेलको आरोप छ ।  नेपालमा एमसीसी राष्ट्रिय हित विपरित भएको उनको ठम्याई छ ।

न्यालयबाट नै  आम मानिसले न्याय पाउने अवस्था नभएको बताए ।  केही दिन अघि सर्वोच्च अदालतले अपराधीलाई छुटकरा दिने काम गरेको भन्दै अपराधिलाई कारवार्हीको सटटा प्रोत्साहन गरेको उनको भनाई छ ।   
 

अहिले देखा परेका तमाम समस्याको निकासको लागि आफनो पार्टीले मोर्चा बनाएर यही साउन १५ गते काठमाडौंमा आन्दोन गर्ने कार्यक्रम रहेको समेत जानकारी दिए ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया