बन्दाबन्दीको असरः उद्योगहरुको व्यवसायीमा भारी गिरावट

३ बर्ष अगाडि

काठमाडौं – बन्दाबन्दीमा ९६.७ प्रतिशत उद्योग÷व्यवसायहरूको व्यवसाय औसतमा ७३ दशमलव ८ प्रतिशत उत्पादन÷कारोबार घटेको छ । नेपाल राष्ट्र बैंकले एक सर्वेक्षण यस्तो देखाएको हो । 

तर, सहभागी ०.९ प्रतिशत उद्योग÷व्यवसायहरुको उत्पादन÷कारोबार १५.४ प्रतिशतले बढेको पाइएको छ । यस्तै, २.४ प्रतिशत उद्योगेको उत्पादन÷कारोबार यथास्थितिमा रहेको देखिएको छ । 

बन्दाबन्दी अवधिमा ९७.३ प्रतिशत घरेलु उद्योगको औसतमा ७३ प्रतिशतले, ९७.२ प्रतिशत लघु उद्यम÷साना खुद्रा व्यापारको औसतमा ७५.३ प्रतिशतले, ९५.५ प्रतिशत साना उद्योग÷व्यवसायहरुको औसतमा ७६.६ प्रतिशतले, ९२.६ प्रतिशत मझौला उद्योग÷व्यवसायहरुको औसतमा ६९.१ प्रतिशतले र ८६.२ प्रतिशत ठूला उद्योग÷व्यवसायहरुको औसतमा ६८.५ प्रतिशतले उत्पादन÷कारोबार घटेको पाइएको छ ।

सो अवधिमा उत्पादन÷कारोबार बढ्ने र यथास्थितिमा रहने दुबैमा मझौला र ठूला उद्योग÷व्यवसायहरूको हिस्सा राष्ट्रिय औसतभन्दा बढी रहेको देखिएको राष्ट्र बैंकको भनाइ छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया