शेयर बजारमा किन जाँदै छ लगातार पहिरो, अर्थमन्त्रीको अभिव्यक्ति कि हकप्रद र बोनसको चाप ?

६ बर्ष अगाडि

काठमाडौं । डा युवराज खतिवडा अर्थमन्त्री बनेसँगै लगातार घट्दै आएको शेयर बजार आइतबार हालसम्मकै न्यून बिन्दुमा आइपुग्यो । शेयर बजारका जानकारहरुका अनुसार आइतबार बजारले एकै झट्काकामा ४७ अर्ब रुपैयाँ गुमाएको छ । विगत दुई वर्षदेखि शेयर बजार उकालो लाग्न सकेको छैन । तत्कालीन अर्थमन्त्री डा बाबुराम भट्टराईले शेयर बजारलाई जुवाको घर भनेर टिप्पणी गर्दा पनि बजार यसैगरी खुम्चिएको थियो । हाल त्यस्तै र सोही खालको सिन्ड्रोम शेयर बजारमा देखिएको छ ।

अर्थमन्त्री खतिवडाले २८ फब्रुअरीमा बिबिसि नेपाली सेवालाई अन्तरवार्ता दिदै बजारमा देखिएको तरतला समाधानका लागि वैदेशिक सहायता लिन सकिने तर त्यसरी प्राप्त भएको पूँजी शेयर बजार, घर जग्गा कारोबार जस्ता अनावश्यक र अनुत्पादक क्षेत्रमा लगानी गर्न नसकिने अभिव्यक्ति दिएका थिए ।
उनको अभिव्यक्ति पछि शेयर बजारमा पहिरो गएको छ । आइतबार झण्डै चार प्रतिशतले बजार ओरालो लाग्यो । लगातार घट्दै आएको बजारमा रहेका सट्टेवाजहरुलाई वाहाना भइहाल्यो, अर्थमन्त्रीका कारण शेयर बजार न्यून बिन्दुमा आइपुग्यो ।

उनीहरुले यसरी रोइलो गरे कि सबै सकियो, अब सबै डुब्यो । शेयर लगानीकर्ता संघले आइतबारै एक विज्ञप्ति प्रकाशित गरी अर्थमन्त्री खतिवडाप्रति कडा प्रतिवाद जनायो । नियमक निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्डले आफूहरु कुनै कमेन्ट दिने अवस्थामा नरहेको भन्दै कुनै प्रतिक्रिया दिन चाहेन ।
उसले शेयर बजार घट्नुको कारण बारे अफूहरुलाई थाहा नहुने र कमेन्ट समेत दिन नसकिने बतायो । तर त्यसको फरक लगानीकर्ता संघले भने अर्थमन्त्रीले सबै डुबाए भन्दै कडा आपत्ति मात्रै जनाएन , अर्बौँको लगानी डुब्ने अवस्थामा पुगेको बताए ।
अर्थमन्त्री खतिवडाले सेयर बजार अनुत्पादक भनेर अभिव्यक्ति दिने दिन नेपालको सेयर बजारको कुल बजार पुँजीकरण १५ खर्ब ७४  अर्ब  रुपैयाँ थियो ।
अर्थमन्त्री खतिवडाले दिएको अभिव्यक्तिपछि खुलेको सेयर बजार आइतबारको दिन ३.०९ अंकले ओरालो लाग्यो । जसबाट बजार पुँजीकरण १५ खर्ब २७ अर्ब रुपैयाँमा झरेको छ ।
अर्थमन्त्री डा खतिवडाले गत बुधवार बेलुका बिबिसी नेपाली सेवामा दिएको अन्तरवार्तामा तरलता समस्या समाधानको लागि विदेशबाट पुँजी ल्याउनुपर्ने र यस्तो रकम घरजग्गा,सेयर तथा हायर पर्चेज जस्तो अनुत्पादक क्षेत्रमा कर्जा लगानी गर्न नहुँने बताएका थिए । टिप्पणी गरेका थिए ।  खतिवडालाई घरजग्गा तथा सेयर बजारका लगानीकर्ता यो क्षेत्रसँग कठोर नीति राख्ने व्यक्तिको रुपमा परिचित छन् ।
उनी गर्भनर रहेका बेला घर जग्गा कारोबार र शेयर कारोबारमा कडा नीति अख्तियार गरेका थिए ।
२०६५ सालमा तत्कालिन अर्थमन्त्री डा बाबुराम भट्टराईले सेयर बजारलाई जुवाजस्तो बनाउन नहुँने अभिव्यक्ति दिएका थिए । उनले सेयर बजार जुवाजस्तो भनेको बताएपछि त्यतीबेला सेयर बजार अत्याधिक घटेको थियो ।
 
यो पटकपनि अर्थमन्त्रीको अभिव्यक्तिलाई लगानीकर्ताले त्यही अभिव्यक्तिको नयाँ रुपको रुपमा विश्लेषण गरेका छन् । अर्थमन्त्री खतिवडाको भनाईलाई सेयर लगानीकर्ता संघले विरोध गरेको छ । सामाजिक सन्जालपनि अत्याधिक विरोध भएको छ ।
अत्याधिक बोनस र हकप्रदको चाप
सेयर बजार घट्नुको पछाडि अत्याधिक मात्रामा रहेको बोनस र हकप्रद शेयर पनि अर्को कारण बनेको छ । बैंकको ब्याजदर तथा अत्याधिक थपिएको बोनस तथा हकप्रदले बिक्रीको चाप थियो । जसमा अर्थमन्त्री खतिवडाको अभिव्यक्तिले घटेको बजारलाई बजारलाई आगोमा घिउँ थपेको हो ।
नेपाल स्टक एक्चेन्जमा हाल सूचिकृत कम्पनीले लाभांश दिएको हुँदा विगतमा पनि स्वभाविक रुपले बजार घट्ने गरेकै थियो । तर,अर्थमन्त्रीको अभिव्यक्तिले लगानीकर्ता आत्तिएको हुँदा चलखेल गरेर बजार घटाउनेहरु अझै बढ्ने अनुमान विश्लेषकको छ ।
मैले भनेकै छैन, पत्रकारले गलत प्रचार गरे
शेयर बजारमा पहिरो गएपछि अर्थमन्त्री डा खतिवडाले आफूले शेयर बजारलाई अनुत्पादक नभनेको र पत्रकारले गलत प्रचार गरेको बताएका छन् । उनले आइतबार केही पत्रकार माझ आफूले शेयर बजारको बारेमा गलत टिप्पणी नगरेको भन्दै वचाउ गरे । आफूले भनेको कुराको बजारमा नकारात्मक प्रतिक्रिया आएपछि उनले बचाऊको सो अस्त्र प्रयोग गरेका हुन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया