कोषाध्यक्षको प्रतिवादका बीच काँग्रेस कोषबाट रकम निकासा

५ बर्ष अगाडि

काठमाडौं– क्रियाशील सदस्यता वितरण र नविकरण सांसदबाट महिनैपिच्छे काटिने लेबीबाट चल्दै आएको काँग्रेसको आर्थिक कोष मनपरी चलेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । 
महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवाद हुँदाहुँदै पनि रकम निकाल्ने गरिएको छ । काँग्रेसको निवमावलीमा पार्टीको कोष सञ्चालन कोषाध्यक्षले समिति बनाएर गर्ने भन्ने छ । 
यसबारे पदाधिकारी बैठकले यादवले गुनासो गरेको समेत समाचारमा उल्लेख छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया