एभरेष्ट इन्स्योरेन्सको मंसिर १६ गतेदेखि हकप्रद सेयर खुला

५ बर्ष अगाडि

काठमाडौं–एभरेष्ट इन्स्योरेन्स कम्पनीले मंसिर १६ गतेदेखि हकप्रद सेयर निस्काशन खुला गर्ने भएको छ ।  
कम्पनीले प्रतिसेयर १०० रुपैयाँका दरले १४ लाख ३ हजार ३ सय २५ कित्ता सेयर निस्काशन गर्न लागेको हो ।
 निस्काशन गरिने सेयर संस्थापक समुह अन्र्तगतको रहने कम्पनीले जनाएको  छ । यस सेयरका लागि आवेदन दिने अन्तिम मिति पुष २२ गते सम्म हो । बीमा समितिले दिएको पुँजी बृद्धिको लक्ष्य भेट्टाउन हकप्रद सेयर जारी गर्न लागेकोे कम्पनीले जनाएको छ । करिब ५१ प्रतिशत संस्थापक सेयरधनी कायम गर्न पनि हकप्रद सेयर जारी गर्न लागिएको  हो ।
यस हकप्रद सेयरका लागि केयर रेटिङले केयर एनपी आइपिओ ग्रेड ४ दिएको छ । यसले संस्थाको अवस्था औसतभन्दा तल रहेको देखाउँछ । हकप्रद सेयरको बिक्रि प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया