पाँचथर पावरको आइपिओ खुल्यो, भर्ने होइन त ?

५ बर्ष अगाडि

काठमाडौं - पाँचथर पावर कम्पनीले आजदेखि साधारण सेयर बिक्री सुरु गरेको छ ।

कम्पनीको ९६ करोड २५ लाख बराबरका ९६ लाख २५ हजार कित्ता शेयर पहिलो चरणमा पाँचथर जिल्लाका आयोजना प्रभावित र स्थानीयवासीका लागि खुल्ला गरिएको हो ।

उक्त शेयर छिटोमा माघ १४ गते र ढिलोमा माघ २९ गते बन्द हुनेछ । उक्त शेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ९६२० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

पाँचथर हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ ८६.६२ छ भने केयर रेटिङको गे्रड ४ रेटिङ प्राप्त गरेको छ । यसको पेब्याक अवधि ८ वर्ष रहेको छ 

५ बर्ष अगाडि

प्रतिक्रिया