सरकार सच्चिएर अघि बढ्नुपर्ने

५ बर्ष अगाडि

विराटनगर – नेपाल तरुण दलका नेताले सरकार सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 

उक्त दलद्वारा आज यहाँ आयोजित विरोधसभामा उनीहरूले करको दायरा सरल बनाउनु पर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र सुशासनलाई बलियो बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन् । उक्त दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले दुईतिहाइको यो बहुमतको सरकार नेपाली जनताको भावना र इच्छाअनुसार अघि बढ्नुपर्छ भन्नुभयोे । 

दलका महासचिव भूपेन्द्रजन शाही र उपाध्यक्ष उत्तम चापागाईंले सरकारले शान्ति सुरक्षाको अवस्थालाई बलियो बनाई भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । 
उक्त दलका जिल्लासभापति सञ्जय थापा, गोपाल तामाङ, सिजन गुरुङ र विद्वान गुरुङलगायतले सरकार सुशासनको मार्गमा नहिँडको धारणा व्यक्त गर्नुभएको थियो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया