ओहो!!! यस्तो पनि रोग ! पढ्नुस् है पढ्नुस् कतै तपाईलाई त यो रोग छैन ?

५ बर्ष अगाडि

यो संसारमा रोग पनि कस्तो कस्तो हुने गर्छ। कोही निन्द्रामा नै हिड्ने त कोहीको दुखाई नाचेर नै ठिक हुने । तर यो रोगको बारेमा त तपाई अवश्य पनि अचम्म नै मान्नु हुन्छ र भन्नु हुन्छ यस्तो पनि रोग हुन्छ ? हजुर ब्रिटेनमा एक महिला यस्तो रोगबाट ग्रसित छिन्, जो निन्द्रामा नै झुटो भाँडा माझ्ने र पुरा घर नै सफा गर्ने गर्छिन् ।

सुन्दा अचम्म लाग्यो हैन, तर यो कुनै काल्पनिक नभई सत्य र वास्तविक घटना हो । निन्द्रामा यति धेरै काम गरेपनि उनलाई भने कुनै थकान नभएको बताएकि छिन् । साउथ वेल्स न्यूपोर्टमा रहने क्लेयर बार्लेट हरेक हप्ताको लगभग तीन पटक निन्द्रमा नै घरको पुरा काम गर्ने गर्छिन् ।

ब्रिटिश समाचार पत्रको रिपोर्ट अनुसार क्लेयरको यस्तो रोगले उनको घरपरिवारलाई निकै फाइदा पुगेको कारण यसको कुनै परीक्षण नगरिएको बताइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया