ठगी गरेको अभियोगमा पक्राउ

६ बर्ष अगाडि

काठमाडौँ –काठमाडौँ महानगरपालिका–१६ बालाजु बाईपास स्थित नेहा सव मनि ट्रान्सफरबाट भाग्यसाली चिट्ठा परेको भनी आईएमईमा पैसा पठाउन लगाई ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका–२ साङला घर भएका १७ बर्षीय यादव तिमल्सिना र सोही नगरपालिका–२ काभ्रेस्थली घर भएकी १७ बर्षीया नम्रता चापागाई रहेका छन् ।
    उनीहरुलाई मंगलबार उक्त मनी ट्रान्सफरबाट पैसा निकाल्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया