नेपालमा आइसी १०० भन्दा माथिको कारोवार खुलाउन भारतको आग्रह, के गर्ला नेपाल राष्ट्र बैंक ?

५ बर्ष अगाडि

काठमाडौं – भारतले उच्च दरका भारतीय रुपैयाँ नेपालमा खुला गर्न नेपाललाई आग्रह गरेको छ । भारु १०० भन्दा ठूला अंकका नोट नेपालभर चलन चल्ती गर्न नेपाल सरकारले रोक लगाएको तीन महिना पनि नवित्दै भारतले यस्तो आग्रह गरेको हो ।

भारतको केन्द्रीय बैंक ‘रिर्जभ बैंक अफ इण्डिया’ले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै भारु २०० र भारु ५०० का नोट चलनचल्ती गर्न खुला गरिदिन अनुरोध गरेको छ ।

नेपाल भ्रमणमा आउने भारतीयहरुले ठूला दरका नोट २५ हजारसम्म साथमा बोक्न पाउने व्यवस्था गर्न भारतले माग गरेको हो । ठूला नोट नचल्दा नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरुले सास्ती खेप्नु परेको बताइएको छ ।

भारतले दुई वर्षअघि भारु ५०० र भारु १००० का नोटबन्धी गरेपछि र नेपालीसँग भएको त्यस्ता नोट भारतले फिर्ता लिन नपानेपछि नेपाल सरकारले भारु १०० भन्दा ठूला नोट प्रतिवन्ध गरेको हो । त्यसअघि नेपालीले भारु २५ हजारसम्म ठूला नोट पनि साथमा राख्न पाउने व्यवस्था थियो ।

भारतीय नीतिमा आएको परिवर्तनले लाखौ नेपालीसँग भएको भारतीय रुपैयाँ खोस्टो भएको छ । यसबाट नेपालीले अर्बौ रुपैयाँ गुमाएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया