आजबाट घलेम्दी हाइड्रोपावरको ३२ लाख बढी कित्ता सेयर लिलामी बिक्री खुला

मंगलबार, ०९ माघ २०८०, ०८ : ०४

काठमाडौं- घलेम्दी हाइड्रोपावरले आज माघ माघ ९ गतेदेखि ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमा बिक्री खुला भएको छ। 

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ। यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

आवेदन दिने अन्तिम म्याद माघ २३ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ। यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। 

जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो। मुक्तिनाथ क्यापिटल लिमिटेड , प्रधान कार्यालय नक्साल काठमाडौंमा लगायतका ठाँउबाट आवेदन दिन सकिने छ । 

news_1

मंगलबार, ०९ माघ २०८०, ०८ : ०४

प्रतिक्रिया