सिंगटी हाइड्रो इनर्जीले लाभांश वितरण नगर्ने

३ महिना अगाडि

काठमाडौँ- सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

 कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।  सोहि बैठकले फागुन १ गतेका लागि कम्पनीको १४ औं वार्षिक साधारण सभा समेत डाकेको छ । उक्त सभामा हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि कम्पनीको नियमावली तथा प्रवन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

उक्त सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७९/८० को  वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

कम्पनीले साधारण सभा प्रयोजनका लागि आगामी माघ १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

३ महिना अगाडि

प्रतिक्रिया