काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

३ महिना अगाडि

काठमाडौँ- अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।  


कम्पनीले पाँचथर तथा ताप्लेजुङ जिल्लाहरुको सिमाना भएर बहने काबेली नदिमा निर्माण गरी सञ्चालन गरेको काबेली बी–१ आयोजनामा विद्युत उत्पादन पुनःसुरुभएको हो ।  गत जेठ ३२ गतेदेखि पूर्वी नेपालमा आएको अविरल वर्षा र बाढीका कारण परियोजनका विभिन्न संरचनामा क्षति भई काबेली बी–१ आयोजनाको विद्युत उत्पादन बन्द भएको थियो ।  

कम्पनीको उक्त क्षति पुगको संरचनाहरु मर्मत तथा संभार गरी माघ १० गते बिहान ३ बजेदेखि आयोजना पुनःसञ्चालनमा ल्याएको र विद्युत उत्पादन पुनःसुरु गरिएको कम्पनीले जनाएको छ । 

३ महिना अगाडि

प्रतिक्रिया