साताको समीक्षा : साढे ३ प्रतिशतले घट्यो नेप्से, कारोबार कस्तो रह्यो ?

शनिबार, १३ माघ २०८०, ०८ : ३५

काठमाडौं । गत साता २१५५.८२ विन्दुमा बन्द भएको नेप्से, यस साताभने ३.३३ प्रतिशत अर्थात ७१.७३ अंक घटेर २०८४.०९ विन्दुमा झरेको नेप्से परिसूचक करिब साढे ३ प्रतिशत घटेर बन्द भएको छ। 

साताभरमा भएको ५ कारोबारमध्यमा यस साता पाँचै कारोबार दिन नेप्से घटेको छ। गत साता मंगलबारदेखि घट्न थालेको नेप्सेले यस साता भरी नै सोही क्रमलाई निरन्तरता दिएको हो। यस साता सेन्सेटिभ इण्डेक्स ३.६० प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ३.५९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०२ प्रतिशत घटेको छ।

यस साता नेप्सेसँगै कारोबार रकम समेत घटेको छ। गत साता दैनिक औषतमा ७अर्ब ८५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५अर्ब २० करोडको मात्र शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३३.७९ प्रतिशत घटेको हो।

यस साता नेप्सेको बजार पूँजीकरण ३.३४ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३३ खर्ब ८६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब १३ अर्ब रुपैयाँ घटेर ३२ खर्ब ७३ अर्बमा सीमित भएको छ।

शनिबार, १३ माघ २०८०, ०८ : ३५

प्रतिक्रिया