अपर तामाकोशी हाइड्रोपावरको लिलामीमा नपरेका लगानीकर्ताको पैसा फिर्ता  गर्न माग

३ महिना अगाडि

काठमाडौँ- नेपाल सेयरधनी संघले अपर तामाकोशी हाइड्रोपावरको लिलामीमा नपरेका लगानीकर्ताको पैसा फिर्ताको माग गरेको छ । संघले एक विज्ञप्ती जारी गर्दै लिलामीमार्फत बिक्री गरिएको सर्वसाधारण समूहको अवितरित हकप्रद सेयरको लिलामीमा नपरेका लगानीकर्ताको पैसा फिर्ताको माग गरेको हो ।  

अपर तामाकोशी हाइड्रोपावरले गत पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख ११ हजार ५३० कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो ।  सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको उक्त बोलपत्र गत माघ ५ गते  खोलिएको थियो ।  

‘उक्त टेन्डरमा नपरेका  लगानीकर्ताहरूको पैसा अहिलेसम्म फिर्ता नभएको भन्ने व्यापक गुनासो आइरहेकोले व्याज सहित तत्काल पैसा फिर्ता गर्ने व्यवस्थाको लागि जोडदार माग गर्दछौं।’ सेयरधनी संघद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

यसका साथै ,संघले नेपाल धितोपत्र बोर्डलाई अनलाइन मार्फत अक्सन मार्केटको आवश्यक प्रबन्ध मिलाउन समेत माग गरेको छ ।  

३ महिना अगाडि

प्रतिक्रिया