साताको समीक्षा : साताभरमा १७ अंकले घट्यो नेप्से, अन्य कारोबार कस्तो रह्यो ?

शनिबार, २० माघ २०८०, ०८ : ०१

काठमाडौं : यस साताको नेप्से परिसूचक १७ अंकले घटेर बन्द भएको छ । गत साता २०८४.०९ विन्दुमा बन्द भएको नेप्से, यस साताभने ०.८२ प्रतिशत अर्थात १७.०८ अंक घटेर २०८४.०९ विन्दुमा झरेको छ।

यस साता भएको ५ कारोबार मध्येमा ३ कारोबार दिन नेप्से परिसूचक उकालो लागेको थियो भने दुई कारोबार दिन घटेको थियो। यस साताका अन्तिम दुई कारोबार दिन नेप्से घटेको हो। त्यसैगरी यस साता सेन्सेटिभ इण्डेक्स १.४६ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.२५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८७ प्रतिशत घटेको छ।

गत साता दैनिक औषतमा ५ अर्ब २० करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ६८ करोड रुपैयाँको शेयर कारोबार भएको छ। नेप्सेसँगै यस दिन दैनिक औषत कारोबार रकम पनि घटेको छ।  गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ९.९२ प्रतिशत कम हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या १४.४० प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १९.४६ प्रतिशत घटेको छ।

त्यस्तै यस साता नेप्सेको कुल बजार पूँजीकरण ०.७५ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ७३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २४ अर्ब घटेर ३२ खर्ब ४८ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.८५ प्रतिशत बढेको छ। त्यस्तै, यस साता व्यापार र जलविद्युत उपसमूहको परिसूचक सामान्य बढेको छ।

शनिबार, २० माघ २०८०, ०८ : ०१

प्रतिक्रिया