काठमाडौँ - पछिल्लो एक दुई सातादेखि शेयर बजारको अवस्थालाई हेर्ने हो भने निकै उतारचढाव आएको देखिन्छ। यसरी शेयर बजारमा उतारचढाव आउने अवस्था अस्वाभाविक बन्न जाँदा लगानीकर्तामा उत्साह हराएको छ। वास्तवमा शेयर बजारमा किन यसरी विचलन आएको छ ? वा किन कारोबारले गति लिन सकेको छैन भन्ने विषयमा विषयमा अर्थविद् डिल्लीराज खनाललाई आजको अर्थ सहकर्मी जसिन्द्र श्रीपालीले सोधेका छन् । प्रस्तुत छ अर्थविद् खनालको विचार।
यहाँले भनेझैँ पछिल्लो केही सातादेखि नेप्सेमा उतारचढावको स्थिति सृजना भएको साँचो हो । तर शेयर बजारमा घटबढ आउने ठुला ठुला कारण मात्रै हुन सक्दैनन् हामीले प्राविधिक रूपमा आउने समस्यालाई समस्या जस्तो मानिरहेका छैनौ, त्यही स–साना समस्या नै शेयर बजारमा उतारचढाव ल्याउने कारक तत्त्व बन्न पुगेको देखिन्छ।
सामान्यतया तपाई हामीलाई थाहा छ कि शेयर बजारमा कारोबार जति फराकिलो हुँदै जान्छ त्यति नै मात्रामा लगानीकर्ताले लगानीको दायरा पनि फराकिलो बनाउँदै जाने हो, लगानीकर्ताको दिमागमा एउटै प्रश्न हुन्छ बैंकमा पैसा नराखीकन सेयर बजारमा किन लगानी गर्ने ?
लगानीकर्तालाई एउटा कुनै त्यस्तो खास कारण बजारमा देखिनु पर्दछ जसले लगानी गर्नमा मोह जगाउन सकोस् तर हाल बजारमा त्यस्तो कारणको जन्म हुन सकेको अवस्था छैन । यो साँचो हो तर बजार यसरी साँघुरो बन्नुको कारण नेपाली बजार मात्रै दोषी भने हैन शेयर बजारलाई विश्व बजारले समेत असर पारेको हामीले स्मरण गरिरहनुपर्दछ।
बैंकहरुले ब्याजदर घटाएसँगै कारोबार रकममा सुधार आउँछ भन्ने सबैको अपेक्षा थियो हुनुपर्ने पनि त्यस्तै थियो तर त्यसो हुन सकेको छैन त्यस्तो किन भएन भने यसमा केही खास कारणहरूले आन्तरिक रूपमा प्रभाव पारेको मान्न सकिन्छ। लामो समयसम्म बजार खराब यात्रामा चल्यो भने त्यसले आफ्नो गति सुधार गर्नाका लागि वा नयाँ रफ्तार लिनका लागी पनि आफूलाई निखारेको मान्न सकिन्छ ।
अर्को कारण बजारमा खेलाडीहरूको चलखेल पनि प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। पैसा आउटफ्लो भएको अवस्था पनि यसैमा आएर जोडिएको हुन्छ । कम्पनीको वेश नभएका तर उनीहरूको कारोबार उठाउन हचुवामा आईपीयो निष्काशन गर्ने एउटै खाले कम्पनीको गलत प्रविधिको कारण पनि बजारमा विचलनको स्थिति सृजना भएको देखिन्छ।
आम रूपमा विश्वास गर्न नसकिएका कम्पनीहरूले बजारमा इन्ट्री गर्दा त्यसको पोलेसी राम्रो नभएकै कारण शेयर बजारमा अपेक्षा अनुसार कारोबार सुधार हुन नसकेको अवस्था हो। बैंकको पुँजीगत अवस्था वा सरकारको पोलेसी खराब हुनुले समेत शेयर बजारमा प्रत्यक्ष रूपमा असर पारेको छ।
साताको पहिलो कारोबार बजार ह्वात्तै बढेजस्तो देखिने र लगानीकर्तालाई अब त बजार सुधार भयो क्यारे जस्तो बनाएर अर्को दिनबाट बढेको भन्दा दोब्बर मात्रामा बजार घट्ने यो जून किसिमको खरायो र कछुवाको खेल जस्तो बजारको खेल भइरहेको छ यसको एउटा कारण आम लगानीकर्तामा देखिएको आर्थिक मन्दी ,बजारमा पर्याप्त मात्रामा हुन नसकेको आर्थिक स्थिरता र खेलाडीको चतुर्याई पनि मान्न सक्ने आधार देखिएको छ ।
लगानीकर्तामा आत्मविश्वास बढाएर,बैंकहरुले पोलेसीको सुधार गरेर उत्पादन उत्पादकत्वमा जोड दिँदै पोलेसीलाई सुधार गर्न अत्यावश्यक छ । कागजी रूपमा स्टेटमेन्ट बनाएर मात्रै बैंक वा बजारको अवस्थामा सुधार हुनेवाला छैन लगानी बढाउनलाई पनि कहाँ लगानी हुँदै छरु लगानी गरेको क्षेत्र कस्तो छ ? आम मानिसलाई प्रस्ट बनाउन आवश्यक छ ।
प्रतिक्रिया