सिक्लेस हाईड्रोपावरको मुनाफामा झिनो वृद्धि

२ महिना अगाडि

काठमाडौँ- सिक्लेस हाईड्रोपावर लिमिटेडको मुनाफामा झिनो वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म ६ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ०.२७ प्रतिशतले बढी हो ।  

कम्पनीले गत आवको सोहि अवधिसम्म ६ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि १.२९ प्रतिशतले मात्रै बढेको छ । कम्पनीले दोस्रो त्रैमासको अन्त्यसम्म विद्युत बिक्रीमार्फत १९ करोड ५८ लाख रुपैयाँ कमाएको छ । कम्पनीको अन्य आम्दानी ४ लाख ५ हजार रुपैयाँ रहेको छ ।  

त्यस्तै कम्पनीको कुल सञ्चालन खर्च १ करोड ९० लाख र कुल गैर सञ्चालन खर्च ११ करोड ४१ लाख रुपैयाँ रहेको छ ।   समीक्षा अवधिसम्म कम्पनीको दिर्घकालिन कर्जा १ अर्ब २६ करोड रुपैयाँ र रिजर्भ ८ करोड ३५ लाख रुपैयाँ रहेको छ ।  कम्पनीके प्रतिसेयर आम्दानी (इपीएस) १४.८२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०९.८३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४.४२ गुणा कायम भएको छ । 

२ महिना अगाडि

प्रतिक्रिया