रिभर फल्स पावरको घाटा बढ्दो

२ महिना अगाडि

काठमाडौँ- रिभर फल्स पावर लिमिटेडको घाटा वृद्धि भएको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनी ३ करोड ३६ लाख रुपैयाँ घाटामा रहेको छ । जुन अघिल्लो आवको ६६ लाख ३१ हजार घाटाको तुलनामा ४०६.७३ प्रतिशतले बढी हो ।  

कम्पनीले यो अवधिसम्म कुल १० करोड १ लाख आम्दानी गरेको छ । कम्पनीको अन्य सञ्चालन खर्च ८२ लाख ६१ हजार र वित्त खर्च ८ करोड ८५ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिजर्भको आकार ९ करोड ५१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ६ करोड ३३ लाख र कुल चालु दायित्व ४६ करोड ३० लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक)४.८० रुपैयाँ ऋणात्मक, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३६४.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८६.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६०.२० गुणा ऋणात्मक कायम भएको छ ।  


 

२ महिना अगाडि

प्रतिक्रिया