यतिबेला काठमाडौंमा माओवादी केन्द्रको विधान अधिवेशन चलिरहेको छ । सशस्त्र विद्रोह समाप्त भएको १८ वर्षमा माओवादी आन्दोलनमा अनेकौं आरोह आरोहहरु आइसकेका छन् । माओवादका नाममा जनयुद्धको उद्घोष गर्दा माओवादीको आकार सानो थियो । पार्टी संगठन चुस्त थियो । केन्द्रीय समिति नै १९ जनाको थियो । शान्ति प्रक्रियापछि केन्द्रीय समिति चार हजार भन्दा बढीको भयो । यतिबेलैदेखि माओवादी बिघटनको बाटोतर्फ अघि बढ्यो ।
राष्ट्रिय राजनीतिमा आफ्ना ऐजेण्डाहरु स्थापित गर्न सफल भएको माओवादी विभिन्न कालखण्डमा विभाजनको शिकार बन्यो । जनयुद्धका प्रभावशाली सारथीहरु अहिले मूल पार्टीमा छैनन् । बाबुराम, विप्लव, वैद्य र गोपाल किरा“तीहरुले अलग अलग पसल थापेर बसेका छन् । बेला बेलामा एकताका कुरा पनि गर्छन । तर विघटित माओवादीहरुप्रति आम जनतामा खासै चासो र रुचि छैन । २०५२ फागुन १ गते जनयुद्धको घोषणा गर्दा गरिएका प्रतिवद्धताहरुबाट आजको माओवादी धेरै टाढा भैसकेको छ । माओवादी पार्टी र आन्दोलन नबुझेकाहरुको झुण्डको घेराबन्दीमा आजको माओवादी नेतृत्व रमाइरहेको छ । माओवादीका कोर कार्यकर्ताहरु मूलधारबाट किनारामा पुगेका छन् या त विदेशी भूमिमा तडपिरहेका छन् ।
माओवादीमा किन जनताको विकर्षण बढिरहेको छ ? किन कार्यकर्ताहरु पलायन भैरहेका छन् ? २०६४ पछिका हरेक निर्वाचनमा माओवादीको मत किन घटिरहेको छ ? सम्भवत:यिनै विषयहरुमा कार्यकर्ताहरुले विधान अधिवेशनमा नेतृत्वसग प्रश्न गरिरहेका होलान्। यिनै प्रश्नहरुको हल खोज्न विधान अधिवेशन गरिएको होला । पार्टीलाई गतिशील बनाउन पार्टीका कमिटिहरु साना बनाउने र शहरी क्षेत्रमा बस्ने मध्यमवर्गका बीचमा पार्टीलाई स्थापित गर्न नाम र झण्डा समेत फेर्ने दिशामा विधान अधिवेशनमा छलफलहरु भैरहेका छन् । निश्चय पनि माओवादी आन्दोलनको विरासत बचाउन अहिले गम्भीर बहस र समीक्षाको आवश्यकता छ नै । समाजको अन्तरबिरोध र अर्थ राजनीतिक आयामहरु अहिले परिवर्तन भएका छन् । माक्र्स र माओले गरेको व्याख्या र विश्लेषण आजको समाजमा ठया्क्कै मेल खाने अवस्था छैन । समाज आफैमा निरन्तर परिवर्तन भैरहने कुरा हो ।
मानिसको सोच्ने तरिका नै फरक छ । जीवनको लागि सिद्धान्त कि सिद्धान्तको लागि जीवन भन्ने प्रश्न माओवादी नेतृत्वका सामु जबरजस्त खडा भएको छ । जसले जीवनको लागि सिद्धान्त हुनुपर्छ भन्ने वोध गर्न सक्छ उसले मात्र समाजमा आफूलाई स्थापित गर्न सक्ने कुरा हो । माओवादीका लागि पनि यही नियम नै निर्विकल्प बनेको छ । त्यसैले विधान अधिवेशनलाई सा“चो अर्थमा सफल पार्न यथास्थितिको माओवादीलाई पुनर्गठन र पुनव्र्याख्या गर्न जरुरी छ । कर्मकाण्डी प्रवृत्तिको अन्त्य नै अहिलेको आवश्यकता हो । खुला प्रतिष्प्रधाबाट सत्तामा पुग्ने कार्यनीति लिएको पार्टीले आफ्नो आन्तरिक जीवनमा पनि प्रतिष्प्रधालाई स्थान दिन सक्नु पर्दछ । परम्परागत जनवादी केन्द्रीयताको नाममा नेतृत्वलाई तानाशाही बन्ने छुट दिनु हु“दैन । परिवर्तित सामाजिक सन्दर्भमा पार्टीका नीति र कार्यक्रमहरु पनि तदनुकूल नै हुनु पर्दछ । यसो गर्न सकिएन भने पार्टी खुम्चिदै गएर घण्टी पार्टी भन्दा पनि सानो हुनेछ । पार्टीमा विचौलिया र केही लोभी पापीहरु मात्र रहने छन् ।
प्रतिक्रिया