क्षतिग्रस्त राधी विद्युत कम्पनीबाट पुनःविद्युत उत्पादन सुरु

२ महिना अगाडि

काठमाडौँ- बाढी पहिरोका कारण क्षतिग्रस्त राधी विद्युत कम्पनी लिमिटेडको आयोजनाबाट पुनःविद्युत उत्पादन सुरु भएको छ । गत असार २२ गते बाढीको कारण क्षतिग्रस्त भई बन्द रहेको कम्पनीको ४।४ मेगावाटको राधी साना जलविद्युत आयोजना पुनःसञ्चालनमा आएको हो ।  

उक्त आयोजनाको टेस्टिङ गत फागुन ५ गते गरिएको र फागुन ६ गतेबाट पुनःसञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

 कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म मुनाफामा ३६।२५ प्रतिशतको वृद्धि गरी ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । विद्युत आयोजना बन्द हुदाँ कम्पनीको आम्दानीमा भने खुद आम्दानी भने ६।१३ प्रतिशतको गिरावट आएको छ ।  

 

२ महिना अगाडि

प्रतिक्रिया