तीन कम्पनीको बोनस सेयर सूचीकृत

विहीबार, २४ फागुन २०८०, १५ : ५३


 काठमाडौँ युनाइटेड अजोड इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स र जीवन विकास लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।आर्थिक वर्ष २०७९र८० का लागि युनाइटेड अजोड इन्स्योरेन्स दिएको १०.२६१२ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले १०.२६१२ प्रतिशत बोनस सेयर र ०.५४०१ प्रतिशत नगद गरि कुल १०.८०१३ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप १९ लाख ५४ हजार ३२० कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।


आर्थिक वर्ष २०७९र८० का लागि हिमालयन एभरेस्ट इन्स्योरेन्स दिएको ८.६३ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप १९ लाख ८६ हजार २२४ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । यसैगरी आर्थिक वर्ष २०७९र८० का लागि जीवन विकास लघुवित्तले दिएको १४ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले १४ प्रतिशत बोनस सेयर र ०.७३६९ प्रतिशत नगद गरि कुल १४.७३६९ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप १६ लाख ५४ हजार ८४७ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

विहीबार, २४ फागुन २०८०, १५ : ५३

प्रतिक्रिया