काठमाडौँ- साताको तेस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । मंगलबार बजार ५८.५८ अंकले बढेर २१११ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजारको कारोबार भएको छ । बजारमा उछाल आउँदा सबै उपसूचकमा हरियाली छाएको छ । आजजीवन बीमा उपसूचक ५.४४ र माइक्रोफाइनान्स उपसूचक ५.०५ प्रतिशतले बढेको छ । यस दिन नेप्सेमा सूचीकृत २२ कम्पनीहरुको शेयरमूल्य घट्दा २२० कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

आज सर्वाधिक कमाउने कम्पनीहरु :
आज सबैभन्दा बढी शिभम् सिमेन्टको सेयर कारोबार भएको छ । आज कम्पनीको ३७ करोड १९ लाख ३३ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोनापुर मिनरल्सको २४ करोड ९ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५२ लाख २९ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १५ करोड ७१ लाख ८६ हजार रुपैयाँ र माउन्टेन इनर्जीको ११ करोड ११ लाख ५६ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर सर्किट लागोका कम्पनीहरु :
आज स्वाभिमान लघुवित्त, उन्नती सहकार्य लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, विन नेपाल लघुवित्त, जाल्पा सामुदायिक लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको को सेयर मूल्य १०र१० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया