नेप्से २७ अंकले घटेसँगै ३ अर्ब ९४ करोडको कारोबार

विहीबार, ०१ चैत्र २०८०, १६ : ०५

काठमाडौं - लगातार दोस्रो दिन पनि शेयर बजार दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि घटेको छ ।साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ बिन्दुमा अडिएको छ ।

अघिल्लो दिन बुधबार मात्रै २ अंकले घटेको बजारमा ४ अर्ब २२ करोडको कारोबार भएको थियो । बिहीबार बजारमा १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता शेयरको खरिद बिक्री हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ । बजार घटेसँगै आज कारोबार रकम पनि घटेको छ । आजको कारोबारमा नेप्से दोहोरो अंकले घटेपनि वेन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सकिर्ट लागेको छ ।कारोबारका आधारमा अपर तामाकोशी हाइड्रोपावर ५० करोड ८९ लाख ८ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

 
 

विहीबार, ०१ चैत्र २०८०, १६ : ०५

प्रतिक्रिया