सिमकोटमा दैनिक ११ घण्टा बिजुली कटौती हुँदा उपभोक्ता मर्कामा

१ महिना अगाडि


काठमाडौँ - सिमकोटमा दैनिक ११ घण्टाभन्दा धेरै बिजुली कटौती हुँदा एसईईको तयारीमा रहेका विद्यार्थीसहित उपभोक्ता मर्कामा परेका छन् । 

खार्पुनाथ गाउँपालिका–३ को हुम्ला मा।वि। रायाका विद्यार्थी रेलबहादुर बुढाले बिजुली कटौती हुँदा पढ्न नपाएको गुनासो गरे । सदरमुकाम आएर एसईईको तयारी गरिरहेको भए पनि रातिको समयमा पढाइमा बाधा पुगेको उनको भनाइ छ ।  जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा सदरमुकामको व्यापार–व्यवसाय पनि प्रभावित बनेको छ । एसईई दिने विद्यार्थीलाई पढ्न तथा अरु विद्यार्थीलाई गृहकार्य गर्न समस्या छ । चैत १५ गतेदेखि एसईईको परीक्षा सुरु हुँदैछ । विद्यार्थीलाई रातको समयमा पढ्न समस्या हुँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरण हुम्लाका निमित्त प्रमुख सुशील थारुले प्राधिकरणले लोडसेडिङको तालिका नबनाएको बताए । हिल्दूस्थित साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत घटबढ भैरहने भएकाले विद्युत् भार कटौतीको तालिका बनाउन समस्या भएको निमित्त प्रमुख थारुले बताए। विद्युत् कटौतीको सहि समय तालिका नभएका कारण पनि सेवाग्राही समस्यामा परेका छन् । एक भारी दाउराको सिमकोटमा एक हजार रुपैयाँ तिर्नुपर्ने अवस्था छ ।

१ महिना अगाडि

प्रतिक्रिया