काठमाडौं – सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेकी अमला रोकालाई छाडिएको विषय लामो समयसम्म गुमनाम रहेको थियो । त्यस्तो गम्भीर मुद्धामा पक्राउ परेको व्यक्ति कुन शक्तिकेन्द्रको आडमा उम्केको होला भन्ने जिज्ञासा अहिले सार्वजनिक भएको छ । एक विश्वस्त सुत्रका अनुसार सुन तस्करीमा मुछिएकी रोल्पाकी अमला रोका मगरलाई प्रधानमन्त्रीको दबाबमा छाडिएको खुलेको छ । त्यसैगरी सुन तस्करीमा अनुसन्धानका लागि पक्राउ गरिएका जीवन चलाउनेलाई राजनीतिक दबाबमा छाडिएको बिषय सार्वजनिक भइसकेको छ ।
राजस्व अनुसन्धान विभागले गएको साउनमा सिनामंगल बाट करिब ६० किलो तस्करीको सुन बरामद गरेको थियो । उक्त सुन हङकङबाट ब्रेक सुमा लुकाएर उक्त सुन ल्याइएको थियो ।उक्त विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई जिम्मा दिइएको थियो । यस अघि नै रोका मगरलाई सोधपुछका लागि पक्राउ गरेको थियो । पक्राउ गरिएको केही घण्टामै उनलाई प्रधानमन्त्रीको दबाबमा छाडिएको उच्च स्रोतले जनाएको छ । अमलालाई पक्राउ परेको केही घन्टामै छाड्न प्रधानमन्त्रीले नै दबाब दिएको सा्रेत बताउँछ ।
‘राजस्व अनुसन्धान विभागले उक्त सुन तस्करीमा जोडिएका केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। त्यसमा अमला रोका मगर पनि थिइन्। उनलाई नियन्त्रणमा लिएको केही घण्टामै माथिको आदेश भन्दै छाड्न निर्देशन आयो’, सरकारी उच्च स्रोतले भन्यो । स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारबाट रोका मगरलाई छाड्न दबाब दिइएको थियो । ‘प्रधानमन्त्री वा प्रधानमन्त्रीको सचिवालय एकीन भएन,’ त्यहींबाट दबाब आएपछि रोका मगरलाई छाडिएको स्रोतले भन्यो ।
प्रतिक्रिया