काठमाडौँ - २०३८ साल देखि विभिन्न तहगत न्यायिक निकायवाट कानूनी उपचारको माध्यमवाट हिमालयन इन्टरप्राईजेज प्रा.लि.का नाममा हक कायम भएको पुलचोक ललितपुर स्थित कित्ता नं. ४३ को ४-४- १-० रोपानी जग्गा सम्बन्धमा विगत केही दिन देखि केही समुहले उक्त जग्गा माथी अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गरि रहेको छन् ।
कम्पनीका संचालकहरुको व्यक्तिगत मान, प्रतिष्ठामा आँच आउने गरि विभिन्न संचार माध्यम, सोसल मिडियाहरुमा भ्रमपूर्ण समाचारहरु सम्प्रेषण गरिएको प्रति यस कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ । मिति २०५१\०२\१० मा कम्पनी खरिद संगै कम्पनीको सम्पत्तीको रुपमा आएको उक्त कि.नं. ४३ को जग्गा छुट दर्ता सम्वन्धमा श्री सर्वोच्च अदालतवाट मिति २०५७\०२\३२ मा भएको फैसला एवं (सम्वत् २०५९ को रिट नं. २७९९) मिति २०६२\०७\०१ मा भएको परमादेशको आदेशमा मालपोत कार्यालयवाट कानून वमोजिम गर्नु भनि भएको फैसला अनुरुप कार्वाही हुँदा मिति २०६६\०४\१२ मा वडा नं. ३ को कार्यालयवाट गरिएको सर्जमिन मुचुल्कामा मिखावहाल गुठी, छायवहाल नवा खल लगायतका सम्पुर्ण गुठि तथा सम्वन्धीत पक्षहरुले कम्पनीको जग्गा भनी सर्जमिन गरेका छन् ।
पश्चात उक्त जग्गा कम्पनीको नाममा दर्ताका लागि सिफारिस भए अनुरुप मिति २०६७\०९\२९ मा हिमालयन इन्टरप्राईजेजको नाममा छुट जग्गा दर्ता गर्ने निर्णय भई जग्गाधनी प्रमाण पुर्जा समेत जारी भई आएको छ । सो जग्गा सम्बन्धमा विभिन्न व्यक्तिहरुले हकदावी गरि मालपोत कार्यालय, पुनरावेदन अदालत एवं सर्वोच्च अदालतमा मुद्दा गरेता पनि उक्त जग्गा कम्पनीको कायम हुने भनी मुद्दा नं. ०७४-CI-०४८२० र ( ०७४ CI-०४८४० मा श्री सम्मानित सर्वोच्च अदालतवाट मिति २०७९/११\२३ अन्तिम फैसला भईसकेको छ ।यस कम्पनीले कानून वमोजिम प्राप्त गरेको जग्गालाई विना आधार प्रमाण अनर्गल भ्रम फैलाई सामुहिक रुपमा जग्गा माथी अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गर्ने कार्य नगर्न नगराउन हुन सम्बन्धित पक्षहरुलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया