सुन तस्करीबारे सीआईबीले फेरि अनुसन्धान गर्ने

आइतबार, ०४ चैत्र २०८०, १८ : ०२

काठमाडौं - प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले भेपमार्फत भएको ९ किलो सुन तस्करी र ६० किलो सुन प्रकरणमा फेरि अनुसन्धान सुरु गर्ने भएको छ । गएको बिहीबार आचार्य नेतृत्वको आयोगले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । मन्त्रिपरिषद्ले समेत प्रतिवेदनलाई कार्यानवयन गर्ने निर्णय गरिसकेको छ ।

ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० श्यामलाल ज्ञवालीले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले दिएको प्रतिवेदनका आधारमा फेरि अनुसन्धान गरेर पूरक अभियोग लैजाने  बताए ।‘थप अनुसन्धानका लागि जिम्मेवारी प्राप्त भइसकेको छ, त्यसको कार्यान्वयनका लागि गृहकार्य थालिसकेका छौं’, उनले भने । प्रतिवेदनमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, बेल्जियन नागरिक दावा छिरिङका व्यापारिक साझेदार मल्जिल श्रेष्ठ, भन्सार अधिकृतका सवारी चालक अविनाश राउत लगायतलाई मुद्दा चलाउन सिफारिस छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र एआईजी ज्ञवालीलाई मन्त्रालयमा बोलाएर प्रतिवेदन कार्यान्वयनमा लैजान निर्देशन दिएका थिए ।
 

आइतबार, ०४ चैत्र २०८०, १८ : ०२

प्रतिक्रिया