एक कम्पनीले आईपीओ निष्कासन गर्ने

सोमबार, ०५ चैत्र २०८०, १२ : १०

काठमाडौं- झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । सोही प्रस्तावसहित चैत २४ गते पोखरा(७, कास्कीमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा छलफल गर्नेछ ।

आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

सोमबार, ०५ चैत्र २०८०, १२ : १०

प्रतिक्रिया