काठमाडौँ - व्यवसायी सन्दीपकुमार शारदा र सुलभ अग्रवालले बलेफी हाइड्रोपावर कम्पनीको सञ्चालकबाट राजीनामा दिएका छन् । उनले कार्यव्यस्तता र स्वास्थ्यलाई कारण देखाउँदै व्यवसायीहरुले कम्पनीलाई थप समय दिन नसक्ने जानकारी गराउँदै केहीँ दिनअघि राजीनामा दिएका थिए ।
२०८० चैत ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संचालक शारदा र अग्रवालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । साथै, सोही बैठकले दुई जना बाहिरिएसँगै रिक्त रहेको पदमा राजेन्द्र तिमल्सेना र ऋतेश प्रधानलाई सञ्चालकमा नियुक्त समेत गरेको छ ।
प्रतिक्रिया