पत्रकार महासङ्घलाई कम्प्युटर उपहार

१ महिना अगाडि

काठमाडौँ - पुतलीबजार नगरपालिकाले नेपाल पत्रकार महासङ्घ स्याङ्जा शाखाको कार्यालय व्यवस्थापनका लागि कम्प्युटर सहयोग गरेको छ । 

 पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले पत्रकार महासङ्घलाई कम्प्युटर हस्तान्तरण  गरेका हुन । पत्रकारलाई समाचार प्रवाह गर्न सहज हुने अपेक्षा राखेर कम्प्युटर सहयोग गरेको नगर प्रमुख रेग्मीले बताए ।  स्थानीय सरकारले गरेका राम्रा कामको उच्च प्राथमिकतामा राखेर समाचार प्रवाह गरिदिन समेत नगर प्रमुख रेग्मीले आग्रह गरे । कार्यालय व्यवस्थापनका लागि पुतलीबजार नगरपालिकाले एक थान कम्प्युटर सहयोग गरेको बताउँदै महासङ्घका अध्यक्ष श्रीकृष्ण सिग्देलले महासङ्घको कार्यालय व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  

१ महिना अगाडि

प्रतिक्रिया