सर्वोत्तम सिमेन्टको आइपिओ नेप्सेमा सूचीकृत

१ महिना अगाडि

काठमाडौँ -सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपिओ नेप्सेमा सुचीकृत भएको छ । नेप्सेले उक्त आइपिओलाई कम्पनीको नेटवर्थ १८५.३६ रुपैयाँ देखि अधिकतम ५५६.०८ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ ।

कम्पनीको स्थानीय, योग्य संस्थागत लगानीकर्ता, कर्मचारीसहित सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा वितरण गरिएको ६० लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ४ करोड ५ लाख कित्ता गरी कुल ४ करोड ६५ लाख कित्ता साधारण शेयर सूचीकरण गरिएको हो ।सोमबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडबीच एक सय अङ्कित मूल्यका ४ करोड ६५ लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष ग्लोबल आएमई क्यापिटल लिमिटेड मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।
 
 

१ महिना अगाडि

प्रतिक्रिया