बस दुर्घटनाबाट १६ जना घाइते

१ महिना अगाडि

काठमाडौँ - बागलुङको निसीखोला गाउँपालिकामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। पश्चिम रुकुमबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बस मध्यपहाडी लोकमार्गदेखि १५० मिटर तल बसेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको जिप्रका बागलुङका सूचना अधिकारी मदन अधिकारी केसीले बताए।  दुर्घटनामा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। घाइतेहरूको नाम खुल्न बाँकी रहेको  केसीले बताए। 


 

१ महिना अगाडि

प्रतिक्रिया