सर्वोत्तम सिमेन्टको सेयर कारोबार आजदेखि सुरु

१ महिना अगाडि

काठमाडौं- बुक विल्डिङ विधिमार्फत आइपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टको सेयर कारोबार आजदेखि सुरु भएको छ । मंगलबार प्रि–ओपनिङ सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा खुला भएको हो ।

सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले कम्पनीको ओपनिङ रेन्ज न्यूनतम १८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५५६ रुपैयाँ ८ पैसासम्म तोकेको थियो ।नेप्सेले तोकेको रेन्जको अधिकतम विन्दुबाट यसको सेयर कारोबार सुरु भएको हो ।

सर्वोत्तमको चुक्ता पुँजीका आधारमा कायम ४ करोड ६५ लाख कित्ता सेयर सोमबार नेप्सेमा सूचीकरण भएको थियो । नेप्सेमा ‘एसएआरबीटीएम’ संकेतमा सर्वोत्तमको नियमित कारोबार हुनेछ ।

१ महिना अगाडि

प्रतिक्रिया