बजेटको एक चौथाइभन्दा कम विकास खर्च

मंगलबार, ०६ चैत्र २०८०, १३ : ०५

 काठमाडौँ  - चालु आर्थिक वर्षको आठ महिनामा तनहुँमा विनियोजित बजेटमध्ये एक चौथाइभन्दा कम विकास खर्च भएको छ ।  

जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरुका लागि सङ्घ सरकारबाट प्राप्त ३,७५,८२,७६,८२९ मा  २३ . १८ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिै । भट्टराईका अनुसार पुँजीगततर्फ सङ्घीय सरकारमार्फत रु. ३,७५,८२,७६,८२९ विनियोजन भएकामा फागुन मसान्त सम्ममा  रु. ८८,९९  ७८,९३६ खर्च भएको छ । त्यस्तै चालूतर्फ ५८.६ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ रु ८,८४ ,७५,३०,१८८ विनियोजन भएकोमा रु .५,१३ ,६९,९५,३१५ खर्च भएको कार्यालयले जनाएको छ ।प्रदेश सरकार मार्फत विनियोजित विकास बजेट सङ्घको भन्दा चार प्रतिशत बढी खर्च भएको छ । प्रदेशको पुँजीगततर्फ २७.७३ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ रु. २,६२,५२,१३००  विनियोजन भएकामा रु.७२,८० ,४९ ,६ ३८ खर्च भएको कार्यालयले जनाएको छ । त्यस्तै प्रदेशमा चालूतर्फ रु. ८६,०१,१३,९,८० विनियोजन भएकामा रु.३३,१२,२६,५३५  अर्थात्  ३८ .३३ प्रतिशत बजेट खर्च भएको छ ।

योजना छनोट गरेर लागू गरेपछि सुरुको त्रैमासिकमा बोलपत्र प्रक्रिया हुने, त्यसपछि बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्न तीन महिना लगाउने र कामको रफ्तार नबढाउने लगायतले विकास बजेटको खर्च न्यून हुन पुगेको प्रमुख कोष नियन्त्रक भट्टराई बताए ।कार्यालयका अनुसार आठ महिनामा सङ्घ र प्रदेशको गरी २५. ३ प्रतिशत विकास अर्थात् पुँजीगत बजेट खर्च भएको छ ।  पुँजीगत बजेट रु. ६,४६,४२,०३,८२९ मा रु. १,६१,८०,२८,६०७ खर्च भएको छ । यस्तै चालुतर्फ भने ५६.३३ प्रतिशत खर्च भएको छ । चालु तर्फ रु. ९,७०,७६,४४,१६८ विनियोजन भएकोमा   रु५,४६,८२,२१,८१५ अर्थात् ५६३३ प्रतिशत खर्च भएको छ ।तनहुँमा चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा सङ्घ सरकार तर्फ रु. ७,६६,४३,२५,३७० रुपियाँ राजस्व सङ्कलन भएको छ । यस्तै प्रदेशतर्फ रु१६,६८,९३,४९५ रुपियाँ राजस्व सङ्कलन भएको छ । जिल्लामा भित्रिएका कुल खाद्यान्न सामग्री, निर्यातित सामग्री, सरकारी सेवा–सुविधासहित १० स्थानीय तहले गरेको वित्तीय प्रगतिमा उक्त राजस्व सङ्कलन भएको हो ।


 

मंगलबार, ०६ चैत्र २०८०, १३ : ०५

प्रतिक्रिया