काठमाडौँ - नेपाल प्रहरीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार पत्रकार सम्मेलन गरी सो बारे जानकारी गराएको हो ।
४१ वर्षका राई सोलुखुम्बु नेचा सल्यान गाउँपालिका ४ का हुन् । उनले मापसे गरी झगडा पर्दा साथीको हत्या गरेको बताइएको छ । शाहीको २१ वर्षअघि काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका १९ मरुढोका इनाटोलमा रहेको एक पशु वधशालामा हत्या भएको थियो ।पक्राउ पर्नेमा २१ वर्षअघि सञ्जय शाहीको हत्या गरी फरार रहेका तिखे भन्ने तेजबहादुर राई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले बताए ।
त्यस्तै, प्रहरीले १६ वर्षअघि धर्मराज विष्टको हत्याका योजनाकारलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । २०६४ साल असार २६ गते ललितपुर जिल्लको तत्कालीन ललितपुर उपमहानगरपालिका २२ शंखमुल स्थित ललितपुर इमाडोल घर भएका ३३ वर्षका धर्मराज विष्टको हत्या भएको थियो । सोही घटनाका योजनाकारलाई प्रहरीले १६ वर्षपछि आज पक्राउ गरेको हो । विष्टले आफूलाई बारम्बार जिस्क्याउने गरेको कुरा भाइ विनोद थापालाई भनेको र दिदीको कुरा सुनिसके पछि विनोदले आफ्ना साथीहरूलाई सोबारेमा कुरा गरी हत्याको योजना तयार पारेको प्रहरीले बताएको छ । दुवैलाई कानुन अनुसार कारबाहीको प्रक्रिया अघि बढाइएको बताए । पक्राउ पर्नेमा ४१ वर्षकी धादिङ बुढाथुम गाविस ३, साबिक गङ्गा जमुना गाउँपालिका(७ की हाल ललितपुर २६ मा बस्दै आएकी सविता थापा ९अधिकारी० रहेकी छन् । धर्मराज विष्ट मीन भवन कमर्स क्याम्पसको प्राध्यापक रहेको र सामान्य चिनजान रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया