काठमाडौँ - काठमाडौंबाट सोमबार अपराह्न धनगढीमा लागि उडेको श्री एयरको विमानमा, धनगढी विमानस्थलमा अवतरण भएपछि चक्कामा समस्या देखिएको हो।
श्री एयरका धनगढी स्टेसन प्रमुख गजेन्द्र शाहीले जहाजमा टेक्निकल समस्या आएको तर प्राविधिकहरूले त्यसलाई बनाइ रहेको बताए। उनले केही मिडियामा जहाजको चक्का नै फुत्केर झाडीमा भेटिएको जस्ता गलत सूचना प्रभाव भएको बताए । धनगढी विमानस्थलका प्रमुख गणेश बहादुर सिंहले श्री एयरको विमानमा समस्या आएकाले आज बिहानको धनगढी–काठमाडौंको उडान नभएको बताए। सोमबार बेलुकी जहाज अवतरण भएपछि चेकजाँच गर्ने क्रममा अगाडीको चक्काको ब्यारिङमा समस्या देखिएको उनले बताए।
प्रतिक्रिया