सेयर बजारमा सामान्य सुधार, कारोबार रकम कति ?

१ महिना अगाडि

काठमाडौँ- साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । मंगलबार बजार ६.२४ अंकले घटेर २०६७ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा सुधार गिरावट आउँदा १० वटा उपसूचकमा राताम्मै भएको छ । आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ७.०८ प्रतिशतले घटेको छ । त्यसैगरी, पिपुल्स हाइड्रोपावरको ६.९१ प्रतिशत, मोलुङ खोला जल विद्युत कम्पनीको ४.४१ प्रतिशत, नेपाल हाइड्रो डेभलपरको ३.५७ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकको ३.५३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

सेयर बजारमा ६ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु
आज  सबैभन्दा बढी शिभम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको २५ करोड ९७ लाख २२ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोनापुर मिनरल्सको १८ करोड ८९ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै  गुर्खाज फाइनान्सको १५ करोड ८२ लाख २९ हजार रुपैयाँ, घोराही सिमेन्ट इन्डस्ट्रीको १० करोड १६ लाख ५९ हजार रुपैयाँ र नेपाल फाइनान्स लिमिटेडको ९ करोड ५५ लाख ९७ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर सर्किट लागेका कम्पनीहरु
आज  बुद्धभुमी नेपाल हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र धौलागिरी लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, इन्फिनीटि लघुवित्तको ९.४५ प्रतिशत, भगवती हाइड्रोपावरको ९.२९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

 

१ महिना अगाडि

प्रतिक्रिया