काठमाडौं उपत्यका सहित यी प्रदेशमा वर्षाको सम्भावना

बुधबार, ०७ चैत्र २०८०, ०८ : ५२

काठमाडौं -  आज काठमाडौं उपत्यका सहितको देशभरका विभिन्न भूभागमा मौशम परिवर्तन आएको छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको कारण मौशममा परिर्वतन आएको हो । 

कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानका साथै अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज देशभर आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी, मधेस प्रदेशका केही स्थानमा  मेघगर्ज र चट्याङसहित हल्का वर्षा हुनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ ।
 

बुधबार, ०७ चैत्र २०८०, ०८ : ५२

प्रतिक्रिया