सर्वोत्तमको आईपीओमा दुई दिनमा ८६ प्रतिशत भन्दा धेरै कमाई

१ महिना अगाडि

काठमाण्डौँ - दोश्रो बजारमा कारोबार सुरु भएको सर्वोत्तम सिमेन्टको सेयरमा सर्किट लागेको छ ।  

पहिलो दिन झै दोश्रो कारोबार दिन पनि बजार खुलेको केही मिनेट भित्रै नै  यो कम्पनीको सेयरम उच्च खरीदचाप देखिएपछि अपर सर्किट लागेको हो ।  सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६७२.७० रुपैयाँ पुगेको छ । आज मात्रै प्रतिकित्ता ६१.१० रुपैयाँले मूल्य बढेको हो । यो कम्पनीले नेपालमे पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गरेको थियो । सर्वसाधारणलाई अंकित मूल्यमा २६०.९० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ३६०।.९० रुपैयाँमा आईपीओ बिक्री गरिएको थियो । आईपीओमा माग भन्दा निकै धेरै आवेदन परेको थियो । परेका आवेदनहरु मध्येबाट चिठ्ठा विधिबाट लगानी कर्ताले ५० कित्ताको दरले सेयर पाएका थिए ।  

१ महिना अगाडि

प्रतिक्रिया