आलु र प्याजमा भ्याट नलगाउन संसदमा माग

१ महिना अगाडि

काठमाडौं – सरकारले दैनिक आवश्यकताको तरकारीमा समेत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि त्यसको व्यापक बिरोध सुरु भएको छ । संसदमा बोल्दै जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले प्याज र आलुमा  भ्याट  नलगाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन्।

बुधवार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बिषयमा भएको छलफल भाग लिँदै उनले यस्तो माग गरेका हुन।
उनले नेपालमा व्यक्तिगत प्रयोगको लागि मात्र प्याज उत्पादन हुने गरेको र ७५ प्रतिशत आलु भारतबाट आउने भएकाले सरकारले यसमा कुनै पनि कर लगाउन नहुने र लगाएमा त्यसको मार गरिबलाई पर्ने दाबी गरेका थिए। 

१ महिना अगाडि

प्रतिक्रिया