सेयर बजारमा सामान्य गिरावट,कारोबार रकम कति ?

१ महिना अगाडि

काठमाडौँ - साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । बुधबार बजार ३.३४ अंकले घटेर २०६३ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा गिरावट आउँदा १० वटा उपसूचकमा राताम्मै भएको छ । उक्त दिन बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ९.३२ प्रतिशतले घटेको छ । त्यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको ८.०८ प्रतिशत, भगवती हाइड्रोपावरको ६.६७ प्रतिशत, रिलायन्स फाइनान्सको ३.७१ प्रतिशत र नेपाल फाइनान्सको ३.५४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

सेयर बजारमा सामान्य गिरावट, यी कम्पनीको सेयर मूल्य घट्यो

सर्वाधिक कारोबार गर्ने कम्पनीहरु
 आज  बजार ३.३४ अंकले घटेर २०६३ को विन्दुमा कायम हुन पुगेको छ ।

गुर्खाज फाइनान्स, सर्वोत्तम सिमेन्ट र बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, गुराँस लघुवित्तको ९.९४ प्रतिशत, धौलागिरी लघुवित्तको ९.२८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

सेयर सर्किट लागेका कम्पनीहरु

आज सबैभन्दा बढी सोनापुर मिनरल्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १९ करोड ५२ लाख ९७ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको १७ करोड ६० लाख ५७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । गुर्खाज फाइनान्सको ११ करोड ९१ लाख १४ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ७ करोड ४० लाख ४९ हजार रुपैयाँ र फस्र्ट माइक्रोफाइनान्स लघुवित्त ७ करोड २७ लाख ३ हजार रुपैयाँको कारोबार भएको हो । 

 

१ महिना अगाडि

प्रतिक्रिया