लाभांश दिने प्रस्ताव सहित माउन्टेन इनर्जी बोलायो साधारण सभा

१ महिना अगाडि

काठमाडौं - माउन्टेन इनर्जी नेपाल लिमिटेडको चैत १३ गते साधारण सभा बोलाएको छ । सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौँमा बिहान साढे १० बजे सुरु हुनेछ।

 साधारण सभामा कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ। साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन ३० गते बुक क्लोज गरिसकेको छ।

तसर्थ, फागुन २९ गतेसम्म कायम रहेका शेयर धनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।


 

१ महिना अगाडि

प्रतिक्रिया