गोविन्दराज आचार्यको अध्यक्षतामा अधिकृत समाज गठन

१ महिना अगाडि

काठमाडौं । गत साता दक्षिणकालीमा आयोजित अधिकृत समाज काठमाडौंको प्रथम साधारण सभाबाट गोविन्दराज आचार्यको अध्यक्षतामा कार्यसमिति गठन भएको छ ।

आजका मितिसम्म काठमाडौं जिल्लाका सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरूको साझा संस्था नभएको र सोको कारण अन्तर कार्यालय समन्वयमा समस्या देखिएकोले जिल्ला भित्रका कार्यालयबिच आपसी सम्बन्ध र समन्वय भई कार्य सम्पादन प्रभावकारी हुने महसुस गरी काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीकै पहलमा सो समाज गठन गरिएको हो ।

समाजका संरक्षक काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको सो कार्यक्रममा एक सय जना भन्दा बढी अधिकृत कर्मचारीहरूको सहभागिता थियो ।

हाल जिल्ला भित्रका अधिकृतहरू संगठित रहेको समाजमा भविष्यमा अधिकृत भन्दा तलका सम्पूर्ण कर्मचारी समेत जोडेर बृहत् कर्मचारी समाज बनाउने समेत परिकल्पना गरिएको संस्थाका उपाध्यक्ष नारायण दत्त भण्डारीले बताए ।

समाजको तदर्थ समितिको पदाधिकारीहरूमा अध्यक्ष आचार्य (आन्तरिक राजश्व कार्यालय), उपाध्यक्ष नाराणय दत्त भण्डारी (सडक डिभिजन कार्यालय, काठमाडौं), उपाध्यक्ष नमुना कार्की दाहाल लगाएत छन् । यस्तै (कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय, बबरमहल) सचिव दीपक कुमार केसी, (दक्षिणकाली नगरपालिका) सह–सचिव सुजन कुमारी बर्देवा, (जिप्रका काठमाडौं) कोषाध्यक्ष लता महत समेत छन् ।

यसैगरी (नागार्जुन नगरपालिका) सदस्य भूमिराज भुसाल, (कोलेनिका सुनधारा) सदस्य गीता पौडेल, (राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय) सदस्य तिलक राज बोगटी, (आन्तरिक राजश्व कार्यालय) सदस्य कुल प्रसाद पराजुली पनि छन् ।

प्रकाश दुलाल (नापी कार्यालय) सदस्य अनुपम पौडेल, (जिप्रका) सदस्य खगेन्द्र सिंह धामी, सदस्य डुरदेव बराल (गोश्वरा हुलाक), सदस्य शिवलाल गैहे ९शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज० लगायतका छन् । दक्षिणकालीमा एक पिकनिक कार्यक्रमको समेत आयोजना गरी उक्त समिति गठन गरेको हो ।

१ महिना अगाडि

प्रतिक्रिया