निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल

१ महिना अगाडि

काठमाडौँ - नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल निर्वाचित भएका छन् ।

नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको छाता संगठनकारुपमा रहेको यो संघको अध्यक्षमा प्रभु इन्स्योरेन्समा आबद्ध मल्ल निर्वाचित भएका हुन् ।काठमाडौँमा सम्पन्न संघको ८औं वार्षिक साधारणसभाबाट अध्यक्षमा मल्लसहित उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मनोहर दास मूल निर्वाचित भएका छन् । यस्तै, महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका महेन्द्र कृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । संघको कोषाध्यक्षमा नेको इन्स्योरेन्सका रशेमकुमार निरौला निर्वाचित हुँदा सदस्यहरूमा आजाद श्रेष्ठ, पवन अग्रवाल र कुनाल कयाल निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिको अवधि २ वर्षको हुनेछ ।

१ महिना अगाडि

प्रतिक्रिया