मैलुङखोलाको सेयर कारोबार रोक्का

१ महिना अगाडि

काठमाडौं- नेपाल स्टक एक्स्चेन्जले मैलुङखोलाको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीले लाभांश सम्बन्धी सूचना ढिला जानकारी गराएपछि कारोबार स्थगन गरेको हो ।

बुधबार कम्पनीको सञ्चालक समिति बैठक बसेर सेयरधनीलाई २.२२११ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो । सो प्रस्तावबारेको सूचना बिहीबार कारोबार खुल्नुअघि नै नेप्से र लगानीकर्तालाई जानकारी गराउनुपर्नेमा कारोबार सुरु भइसकेपछि ११ः १७ बजे मात्रै जानकारी प्राप्त भएको नेप्सेले जनाएको छ ।

१ महिना अगाडि

प्रतिक्रिया