सर्वोत्तमको सेयरमा लगातार सर्किट

१ महिना अगाडि

काठमाडौँ - बुक बिल्डिङमा आईपीओ बिक्री गरेको सर्वोत्तम सिमेन्टको सेयरमा कारोबार सुरु भएयता लगातार सर्किट लागेको छ ।

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएयता लगातार सर्किट लाग्दै आएको हो । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७३९.९० रुपैयाँ पुगेको छ ।नेप्सेमा कम्पनीको सुरुवाती कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा भएको थियो । कम्पनीको सेयरले ओपनिङ रेञ्ज न्यूनतम १८५.३६ रुपैयाँदेखि अधिकतम ५५६.९ रुपैयाँसम्म पाएको थियो । जसमा अधिकतम रेञ्जबाट कारोबार सुरु भएको थियो । यही चैत ६ गतेदेखि कारोबार सुरु भएको कम्पनीको सेयर आज लगातार तेस्रो दिन बढेको हो । सूचीकृत भएर कारोबारमा आएको पहिलो दिन १० प्रतिशतले सर्किट लागेको थियो । त्यसयता हिजो बुधबार ९.९९ प्रतिशत र आज बिहीबार समेत ९.९९ प्रतिशतको सर्किट लागेको हो ।

१ महिना अगाडि

प्रतिक्रिया